क्यानडासँगको सिरिजमा गुल्शन टोली बाहिर, आकाशले पाए मौका

नेपालले क्यानडासँग खेल्ने तीन वटा एकदिवसीय सिरिज र आईसीसी विश्वकप लिग– २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि टोली घोषणा गरेको छ।

क्यानडासँगको सिरिजमा गुल्शन झा भने अटाएका छैनन्। उनलाई बाहिर राख्दै टोलि घोषणा गरिएको छ।

क्यानडासँगको सिरिजमा आकाश चन्दले मौका पाएका छन्। यता जबर्जस्ती करणी मुद्दामा दोषि ठहर भएका सन्दीप लामिछानेको स्थानमा तीव्र गतिका बलर रिजन ढकालले मौका पाएका छन्। उनी दुवै सिरिजका टोलीमा समावेश छन्।

आकाश चन्दले यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तान विरुद्ध ५ विकेट लिएका थिए। गुलशनले भने यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ भने लिग– २ मा नेपालले १५ फेब्रुअरीदेखि २४ सम्म खेल्नेछ।

क्यानडासँगको सिरिजमा खेल्ने नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।

लिग–२ खेल्ने नेपाली टोली:

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =