सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित, सुवासले लिए ५ विकेट

आईसीसी यू–१९ विश्वकप अन्तरगत नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ठूलो अन्तरमा पराजित भएको छ। नेपालले दिएको १७० रनको सामान्य लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर पूरा गर्यो।

बंगलादेशको जितमा जिसान आलम र अरिफुल स्लामले अर्धसकत प्रहार गरे। नेपालका सुवास भण्डारीले ५ विकेट लिए पनि नेपालका अन्य बलर विकेटबिहिन भए।

ओपनर आलमलाई ५५ रन बनाउँदा क्याचआउट गराएका सुवासले आशिकर रहमानलाई १६ रनमै क्याचआउट गराएका थिए।

चौधुर रिजवान १५, अहरार अमिन १२ र मोहम्मद शिहव जमेस शून्य रनमै आउट भए। स्लाम ५९ रनमा र शेख पाइभेज जिवोन ५ रनमा नटआउट रहे।

८ ओभर बलिङ गरेका सुवासले ४४ रन खर्चिएका थिए। गुल्सन झाले ४ ओभरमा २९ रन, आकाश चन्द ३ ओभरमा ४२ रन, दुर्गेश गुप्ताले ३ ओभरमा ११ रन र दिपेश कंडेलले ६ ओभरमा २९ रन खर्चिए पनि कुनै विकेट हात पार्न सकेनन्।

कप्तान देव खनालले पनि एक ओभर बलिङ गर्दै ११ रन खर्चिए भने अर्जुन कुमालले २ बलमा २ रन खर्चिएका थिए।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४९.५ओभरमा अलआउट हुँदै १६९ रन जोड्यो ।

नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए ।

खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेको थियो । विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।

त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । आठौं ओभरको पाँचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । तर चौथो विकेटका लागि विशाल र देवले ६२ रनको साझेदारी गरे ।

देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । जिशन आलमको बलमा उनी कभरमा क्याच भएका थिए । त्यसपछि विशालले एकतर्फ रन जोड्दा अर्कोतर्फ लगातार विकेट खसेपछि नेपालको इनिङले गति लिन सकेन ।

गुलशन झा, दिपक बोहोरा र दीपेश कँडेल समान ३–३ रनमा आउट भए । आकाश चन्द पहिलो बलमै एलबीडब्लू धरापमा परे । सुभाष भण्डारीले ३४ बलमा १८ रनको योगदान दिए । दुर्गेश गुप्ताले १ बल बाँकी रहँदा क्याचआउट हुनुअघि १४ बलमा १ छक्कासहित ९ रन जोडे ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३–३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १–१ विकेट हात पारे ।

अब नेपालले शुक्रबार भारतसँग खेल्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =