यू १९ विश्वकप : २२ वर्षपछि बंगलादेशलाई हराउने अवसर

काठमाडौँ । आइसिसी यु–१९ विश्वकपमा अहिले केही बेरमा नेपाल र बङ्गलादेश भिड्दैछन् । पौने २ बजे हुने पहिलो खेलमा समूह डीको नेपाल र समूह ए को बङ्गलादेश भिड्न लागेका हुन् ।

नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुग्न सफल भएको हो ।

तर नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने सकिएको छ। नेपाल र बङ्गलादेश रहेको समूहबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना करिब निश्चित हुँदा बङ्गलादेशको भने झिनो सम्भावना छ ।

आजको खेल जित्नै पर्ने दबाबमा बङ्गलादेश छ । तर नेपाललाई भने कुनै दबाब छैन । बरु, २२ वर्ष पनि बङ्गलादेशलाई पराजित गर्ने अवसर छ । नेपालको यू १९ टिमले सन् २००२ पछि बङ्गलादेशलाई पराजित गर्न सकेको छैन । सन् २०१६ मा भएको खेलमा बङ्गलादेश विजयी भएको थियो ।

बङ्गलादेश भने आफ्नो पछिल्लो नतिजालाई कायम राख्दै सेमिफाइनलको सम्भावनालाई कायम राख्न चाहन्छ । ८ वर्ष पहिले बङ्गलादेशमा नै भएको विश्वकपमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

त्यसअघि सन् २००२ को विश्वकपमा नेपालले बङ्गलादेशलाई २३ रनले पराजित गरेको थियो ।

यी दुई टोली विश्वकपमा तेस्रो पटक भिड्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =