बंगलादेश र भारतसँग भिड्नु अघि नै नेपाल सुपर सिक्सबाटै बाहिरिने पक्का

दक्षिण अफ्रिकामा जारी यू(१९ विश्वकपमा बुधबार नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग भिड्दै छ।

नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुग्न सफल भएको हो।

तर नेपालको अब सेमिफाइनलमा पुग्ने सम्भावना भने सकिएको छ। सुपर सिक्सका दुवै खेल जिते पनि नेपालको सेमिफाइनलको सम्भावना औपचारिक रुपमै सकिएको हो।

मंगलबार भएका आ आफ्ना खेलमा भारत र पाकिस्तान विजयी भएका छन्। उनीहरुको समूह चरणमा ४–४ अंक थियो भने नेपाल अंकबिहिन छ। मंगलबारको जितसँगै समान ६ अंक भएको छ।

नेपालले भारत र बंगलादेशसँगका खेल जिते पनि ४ अंक मात्रै हुने भएकाले नेपालको सेमिफाइनल सम्भावना सकिएको हो।

नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्नेछ। तर सेमिफाइनलमा भारत र पाकिस्तानले स्थान बनाउने करिव निश्चित भएको हो।

सुपर सिक्सको यो समूहमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्याण्ड र आयरल्यान्ड छन्।

अर्को सुपर सिक्समा अष्ट्रेलिया, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =