कोशीका मुख्यमन्त्रीको निर्णयप्रति शेखर कोइराला पनि असन्तुष्ट
२०८० माघ १६ गते

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन्।
समुदायमा कांग्रेस अभियानअन्तर्गत आज विराटनगर–७ मा आयोजिक कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।
मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुन्छ भने।
नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले सरकारले सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने आश्वासन दिए।
२०८० माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








