पीएम कप क्रिकेट : बागमतीले लुम्बिनीलाई ६ विकेटले हरायो
२०८० माघ १३ गते

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ ।
लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए भने १२ रन अतिरिक्त पायो ।
लुम्बिनीका निर्मल गुरुङले २, कृष्ण कार्की र अभिषेक गौतमले एक/एक विकेट लिए ।
२०८० माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








