अफगानिस्तानविरुद्ध कप्तान खनालको अर्धशतक, नेपाल जित नजिक
२०८० माघ १२ गते

आईसीसी यू १९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन्।
१४६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल खनालको अर्धशतकको मद्दतमा जितउन्मुख भएको छ। देवले ७ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। उनी अहिले पनि क्रिजमा छन्।
३३ ओभरको खेल सकिँदा नेपाललाई अब २८ रन आवश्यक छ। नेपालले ६ विकेटको क्षतिमा ११८ रन बनाएको छ।
खेल जिते नेपाल सुपरसिक्समा पुग्ने छ।
२०८० माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








