नेपाललाई अर्को सफलता, चम्किए आकाश
२०८० माघ १० गते

यू १९ विश्वकप क्रिकेटमा नेपाललाई तेस्रो सफलता मिलेको छ। पाकिस्तानविरुद्ध चलिरहेको खेलमा नेपालका आकाश चन्दले तेस्रो विकेट लिएका हुन्। यसअघि २२ औं ओभरमा उनैले दुवै ओपनरलाई आउट गराएका थिए।
२६ औं ओभरको अन्तिम बलमा आकाशले अराफात मिन्हासलाई क्याचआउट गराएका हुन्। अराफात ८ रन बनाएर आउट भए।
यसअघि ८० रनको साझेदारी गरेका ओपनर श्यामल हुसेन र सहजिव खान एक बलको फरकमा आकाशले पेबेलियन फर्किएका हुन्। विकेटका लागि २२ औं ओभरसम्म संघर्ष गर्नु परेको थियो।
२२ औं ओभरको दोस्रो बलमा आकाश चन्दले नेपालका लागि पहिलो विकेट लिएका हुन्। चौथो बलमा सहजिबलाई पनि पेबेलियनको बाटो आकाशले नै देखाए। दुबै जना समान ३७ रनमा आउट भए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १९८ रनको सामान्य लक्ष्य दिएको छ। पाकिस्तानले २७ ओभरको खेल सकिँदा ३ विकेटकाे क्षतिमा ९९ रन बनाएकाे छ।
२०८० माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








