विद्युत सर्ट भई आगलागी हुँदा ४१ वर्षीया सन्तमायाको जलेर मृत्यु
२०८० माघ ५ गते

लमजुङ । मर्स्यांङ्दी गाउँपालिका–४ स्यागे बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी श्रीमती ४१ वर्षीया सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको छ ।
साथै आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








