प्रधानमन्त्री कपमा सुजन थपलियाको शानदार शतक
२०८० माघ २ गते

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका सुजन थपलियाले शतक प्रहार गरेका छन् ।
उनले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका हुन् । उनी १२६ बलमा १०५ रनको शतकीय इनिङ खेलेर आउट भए ।
कोशी पुलिसविरुद्ध १ सय ६६ मा अल आउट भएको छ । पुलिसका करण केसीले ३, ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए ।
उनी यस प्रतियोगितामा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि रशिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए ।
२०८० माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








