टुँडिखेलको भिडमा च्यापिएर ८ जना सख्त घाइते

काठमाडौँ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् ।

टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा(छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरु घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

उपरीक्षक ढुङ्गेलले भने, ‘आज टुँडिखेलमा ठूलो सङख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।’

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =