इक्वेडरमा सामूहिक हिंसामा १० जनाको मृत्यु
२०८० पुस २७ गते

एजेन्सी । इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो ।
मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरूमाथि गोली प्रहार गरेका थिए । उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरूमा आक्रमण गर्नुका साथै सवारीसाधनहरूमा आगजनी समेत गरेका थिए ।
उनीहरूको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।
२०८० पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








