रित गौतमको कप्तानीमा बागमतीको टिम घोषणा

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ ।

१४ सदस्यीय टिमको कप्तानी रित गौतमले गर्नेछन् । यस्तै रबिन जोशी विकेटकिपरको रुपमा छन् ।

टिमको प्रशिक्षकमा कलाम अली र टेक्निकल एनालिस्टमा राजन शाह छन् ।

टिममा आशुतोष घिरोइया, इशान पाण्डे, विवेक राना मगर, प्रतिक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य छन् ।

यता बागमती छनोटमा काठमाडौंको कप्तानी गरेका शरद भेषावकर टिममा छैनन् । काठमाडौंको कप्तानी गर्नुअघि शरदले काठमाडौं छनोटमा महावीर क्लबबाट खेलेका थिए ।

पुस २८ मा बागमतीले प्रधानमन्त्री कपको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग त्रिवि मैदानमा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =