टी-२० विश्वकपमा नेपाल श्रीलंका रहेको समूहमा

टी-२० विश्वकपमा नेपाल श्रीलंका रहेकाे समूहमा परेकाे छ। नेपाल रहेकाे समूह डीमा दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याण्डस् पनि छन् ।आज शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार टी-२० विश्वकप आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ।
समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन्। समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्।
हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर ८ मा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई -दुई टोलीले सेमिफाइनल खेल्ने छन्। पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा हुनेछ ।
गत कात्तिकमा काठमाडौंमा भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो।








