यू–१९ विश्वकपका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आईसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोली घोषणा गरेको हो। एसिया कप खेलेको टोलीमा रहेका तीब्र गतिका बलर हेमन्त धामी चोटका कारण यसपटक टोलीमा छैनन्।

उनको स्थान अर्का तीव्र बलर दुर्गेश गुप्ताले लिने छन्। यस्तै अल राउन्डर दीपक बोहोरा पनि टोलीमा थपिएका छन्।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ। नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन्।

नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्डविरुद्ध खेल्ने छ। यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान सँग रहँदा समूहको अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा रहेको छ।

त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध वार्म-अप खेलहरु खेल्ने छ। १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन्।

विश्वकप श्रीलंकामा हुने भनिए पनि श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा परेसँगै विश्वकप दक्षिण अफ्रिकामा हुने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =