युएईलाई हराउँदै अफगानिस्तानले जित्यो उपाधि

काठमाडौँ । अफगानिस्तानले युएईविरुद्ध टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा अफगानिस्तान ४ विकेटले विजयी हुँदै सिरिज २-१ ले जितेको हो ।

युएईले दिएको १२७ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल अफगानिस्तानले ७२ रनले जितेको थियो भने दोस्रो खेल युएईले ११ रनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =