सन्दीपविरुद्धको मुद्दामा आज फैसला आउने सम्भावना
२०८० पुस १२ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि जारी रहने छ । जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि लगातार जारी रहेको सुनुवाइ बुधबार हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधबार सरकारी वकिल र सन्दीप पक्षका वकिलको बहस सकिएको छ भने आज जवाफी बहस हुने बताइएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भईरहेको यस मुद्दाको सम्भवतः आज फैसला हुने सक्ने आकलन गरिएको छ ।
आज मुद्दाको अन्तिम सुनुवाइ भए सफाइ पाउने कि जेल जाने भन्ने टुंगो लाग्नेछन् । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।
२०८० पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








