सन्दीपविरुद्धको मुद्दामा आज आउला त फैसला ?
२०८० पुस ८ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आजका लागि पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेन ।
लामो समयदेखि अन्यौलमै रहेको उक्त मुद्दाका अन्य सबै कुरा यथावत् रहेमा आज मुद्दाको किनारा लाग्ने सम्भावना प्रचुर देखिएको छ । यसअघिको पेसीमा अदालतले बहसनोट झिकाउने आदेश दिएपछि आजका लागि पेसी तोकिएको उक्त मुद्दाको फैसला के हुने भन्नेबारेमा आम जनचासोको विषय बनिरहेको छ ।
आज मुद्दाको अन्तिम सुनुवाइ भए सफाइ पाउने कि जेल जाने भन्ने टुंगो लाग्नेछन् । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।
२०८० पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








