२० वर्षीय ब्याटरको मुल्य १३ करोड !

एजेन्सी । चेन्नई सुपर किंग्सले भारतीय २० वर्षीय युवा ब्याटर समिर रिज्भीलाई १३ करोड नेपाली रुपैयाँमा किनेको छ ।
चेन्नईमा दुबईमा जारी अक्सनमा ८ करोड ४० लाख भारु ( १३ करोड ४१ लाख नेपाली रुपैयाँ) खर्चेर उनलाई किनेको हो ।
मध्यक्रमका ब्याटर उनले भारतीय यू१९ र उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेली सकेका छन् । न्यूनतम २० लाख भारु मूल्य राखेका उनलाई किन्न चेन्नई, गुजरात र दिल्लीबीच अक्सनमा प्रतिस्सपर्धा भएको थियो । उनले भारतीय घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेपछि अक्सनमा महँगो मूल्य पाएका हुन् ।
उत्तरप्रदेशबाट घरेलु क्रिकेट खेल्ने उनले ११ टि२० खेलमा ३ अर्धशतकसहित कुल २ सय ९५ रन बनाएका छन् । जारी अक्सनमा चेन्नईले न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई १४ करोड, शार्दुल ठाकुरलाई ४ करोड, रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको छ । उनले गत युपी टि२० क्रिकेटमा ९ खेलमा १८८.८० को स्टाक रेटमा ४ सय ४५ रन बनाएका थिए । जसमा ३८ छक्का सामेल थियो ।
जारी अक्सनमा अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा किनेको छ । त्यस्तै व्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा किनेको थियो ।








