अस्ट्रेलियालाई विश्वकप जिताएका ट्रभिस हेड हैदराबादमा अनुबन्धित

काठमाडौं । अस्ट्रेलियन स्टार ब्याटर ट्रभिस हेडले आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) सनराइजर्स हैदराबादबाट खेल्ने भएका छन् ।

आज दुबईमा भइरहेको अक्सनबाट उनी ६ करोड ८० लाख भारुमा हैदराबादमा अनुबन्ध भए ।

हेडले यही वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा सानदार प्रदर्शन गरेका थिए । उनले फाइनलमा भारतविरुद्ध शतकीय इनिङ खेल्दै अस्ट्रेलियालाई उपाधि दिलाए ।

यस्तै, इंग्ल्याण्डका युवा ब्याटर ह्यारी ब्रुक दिल्ली अक्यापिटल्समा अनुबन्ध भए । उनी ४ करोड भारुमा दिल्लीमा अनुबन्ध भएका हुन् ।

गत सिजनमा ब्रुक १३ करोड २५ लाख भारुमा सनराइजर्स हैदराबादमा अनुबन्ध भएका थिए । तर, अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि हैदराबादले उनलाई रिलिज गरेको थियो ।

यस्तै, वेस्ट इण्डिज टी–२० क्रिकेट टिमका कप्तान रोभम्यान पावेलले आउँदो आिइपिएल राजस्थान रोयल्सबाट खेल्ने भएका छन् । उनी अक्सनबाट ७ करोड ४० लाख भारुमा अनुबन्ध भए । पावेल गत सिजनमा दिल्ली क्यापिटल्समा थिए ।

यसपटकको आइपिएल अक्सनमा ३ सय ३३ खेलाडी रहेका छन् । जसमध्ये बढीमा ७७ खेलाडी मात्र बिक्री हुनेछन् । नेपालबाट भने अक्सनमा कुनै पनि खेलाडी हटाउन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =