रचिनलाई चेन्नईले १ करोड ८० लाख भारुमा किन्यो

एजेन्सी । चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका युवा ब्याटिङ अलराउन्डर रचिन रविन्द्रलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा १ करोड ८० लाख भारुमा किनेको छ ।

रचिनले यसअघि चेन्नई सुपर किंग्सबाट धोनीको कप्तानीमा खेल्ने इच्छा पनि जनाएका थिए । रचिन रविन्द्रले न्यूनतम ५० लाख भारु मूल्य राखेका थिए । न्युजिल्यान्डलाई सेमिफाइनल सम्म पुर्याउन यस विश्वकपमा उनले सानदार प्रदर्शन गरेका थिए । उनलाई किन्न चेन्नई, पन्जाव र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । चेन्नईले १ करोड ८० लाखमा पाएको छ ।

वानिन्दु हसरंगाले न्यूनतम १ करोड ५० लाख भारु मूल्य राखेका थिए । हसरंगाले स्पिनसँगै मध्य र तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । हसरंगालाई किन्न हैदराबादले मूल्य लगाएको थियो । न्यूनतम मूल्यमा हैदराबादले पाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =