प्याट कमिन्स बने आइपिएलका सर्वाधिक महँगा खेलाडी

काठमाडौं । आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियालाई एक दिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्स सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

उनको आधार मूल्य २ करोड भारु रहेको थियो । उनलाई भित्र्याउन सुरुमा चेन्नइ सुपरकिंग्स र मुम्बई इन्डियन्सले बोली लगाएका थिए । त्यसपछि रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावाद पनि प्रवेश गरेका थिए ।

अन्तिमसम्म बैग्लोर र हैदरावादले बोली लगाएका थिए । जसमा हैदरावादले २०.५० करोड भारुमा भित्र्यायो । अक्सनबाट खेलाडी भित्र्याइएको अहिलेसम्मकै ठूलो रकम हो ।

अघिल्लो सिजन साम कुरानलाई पन्जाब किंग्सले १८.५० करोड भारुमा आबद्ध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =