भारतसामु निरीह नेपाल, १० ओभरमा २१ रन जोड्दा ६ विकेट गुम्यो
२०८० मंसिर २६ गते

काठमाडौँ । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।
छैटौँ विकेटको रुपमा गुल्शन झा ७ बलमा २ रन बनाएर आउट भए । यसअघि दीपक बोहरा पहिलो बलमै तथा कप्तान देव खनाल १० बलमा २ रन बनाएर आउट भएका थिए । अर्जुन कुमाल २२ बलमा ७ रन बनाउँदै पवेलियन फर्किए भने उत्तम थापा मगर शून्य रन आउट हुँदा ओपनर दीपक बोहरा ११ बलमा १ रन बनाएर आउट भएका थिए ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ ।
२०८० मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








