भारतसामू नेपालको खराब प्रदर्शन
२०८० मंसिर २६ गते

काठमाडौँ । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा जारी खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।
पाँचौँ विकेटको रुपमा दीपक बोहरा पहिलो बलमै आउट भएका हुन् । यसअघि कप्तान देव खनाल १० बलमा २ रन बनाएर आउट भएका थिए भने अर्जुन कुमाल २२ बलमा ७ रन बनाउँदै पवेलियन फर्किए । उत्तम थापा मगर शून्य रन आउट हुँदा ओपनर दीपक बोहरा ११ बलमा १ रन बनाएर आउट भएका थिए । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ ।
२०८० मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








