नेपाललाई दोस्रो झट्का, उत्तम शून्य रनमा आउट

काठमाडौँ । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

उत्तम थापा मगर शून्य रनमा आउट भए । यसअघि आपनर दीपक बोहरा ११ बलमा १ रन बनाएर आउट भएका थिए । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =