नेपालले टस जित्यो, अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ ।
यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान देव खनालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ ।
त्यस्तै समूह ए अन्तर्गतनै आज भारत र पाकिस्तानबीच पनि खेल हुँदैछ । यो खेल पनि बिहान ११: १५ बजेदेखि नै सुरु हुनेछ ।
शुक्रबारदेखि सुरु भएको यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो । प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने अवस्था रहेको छ । त्यस्तै भारत र पाकिस्तानले भने समूह ए मा आफ्ना पहिलो खेल जितेर यो खेल खेल्दै छन् ।
त्यस्तै शनिबार सम्पन्न समूह बी का पहिलो खेलमा श्रीलंका र बंगलादेश विजयी भएका छन् । श्रीलंकाले जापानलाई र बंगलादेशले आयोजक युएईलाई पराजित गरेको थियो ।








