अन्तर्राष्ट्रिय वरीयता

रोहित दुई स्थान तल खस्किदा दीपेन्द्र यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले खेलाडीको अन्तर्राष्ट्रिय वरीयता सार्वजनिक गर्दा नेपालका लागि निराशाजनक अवस्था देखिएको छ ।

बलिङतर्फ टप १०० भित्र कोही पनि नेपाली बलर पर्न सकेनन् । जबकि ब्याटिङतर्फ पनि कप्तान रोहित पौडेल दुई स्थान तल खस्किएका छन् । उनी ८५ बाट ८७औँ स्थानमा पुगेका छन् । यस्तै, दीपेन्द्रसिंह ऐरी भने ९६ मा यथावत् छन् ।

आईसीसीले जारी गरेको वरीयताको अलराउन्डरतर्फ पनि कोही पनि नेपाली खेलाडी टप २० भित्र अटाएका छैनन् ।

ताजा वरीयतामा भारतीय खेलाडीको वर्चस्व देखिएको छ । बलिङतर्फ भारतका रवि विश्नोई शीर्ष स्थानमा पुगेका छन् । २३ वर्षीय युवा लेग स्पिनर विश्नोईले हालै अस्ट्रेलियाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको फाइदा उनलाई वरीयतामा भएको हो ।

टप ५ भित्र स्पिनर मात्र रहेका छन् । दोस्रो स्थानमा अफगानिस्तानका स्पिनर राशिद खान छन् भने तेस्रो स्थानमा पनि अर्का स्पिनर श्रीलंकाका वाइन्दु हसरंगा छन् । चौथो स्थानमा इंग्ल्यान्डका स्पिनर आदिल राशिद छन् भने पाँचौँ स्थानमा श्रीलंकाका स्पिनर महिश थिक्सना छन् ।

उता ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा छन् भने पाकिस्तानका मोहम्मद रिजवान दोस्रो, दक्षिण अफ्रिकाका एडेन मार्कम तेस्रो, पाकिस्तानका बाबर आज चौथो र दक्षिण अफ्रिकाका राइली रुसो पाँचौँ नम्बरमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =