अस्ट्रेलियाविरुद्ध भारतलाई २-० को अग्रता
२०८० मंसिर ११ गते

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो ।
भारतले दिएको २३६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
योसँगै भारतले ५ खेलको सिरिजमा २-० को अग्रता हासिल गरेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका रहेको छ ।
२०८० मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








