यी बानी त्यागे क्यान्सरले छुनै सक्दैन

काठमाडौं । क्यान्सर रोग मृत्यु मात्र होइन हामी भन्छौं, क्यान्सर लागे पछि मृत्यु अवश्य हुन्छ । क्यान्सर हुनु भनेको जीवन अन्त्य हुनु होइन । तर क्यान्सरसँग जुध्न सक्नु पर्छ । केही उदाहरणीय व्यक्तिहरु पनि छन्, क्यान्सरसँग जुधेर बाँचेका । कतिपय मानिसहरु क्यान्सरको सफल उपचार पछि हाँसि खुसी जीवन बिताइ रहेका छन् ।

क्यान्सरको लक्षण देखापर्नासाथ उपचार गरेमा, पुनः सामान्य जीवनमा फर्किन सकिन्छ । क्यान्सरको लक्षण थाहा पाउनासाथ उपचार गरियो भने कम खर्चमा उपचार हुन्छ । साथै छिटो निको हुन सक्छ । क्यान्सर रोगसँग हामी किन डराउँछौ भने यसको उपचार जटिल र खर्चिलो हुन्छ । कहिलेकाहीँ यसको उपचार असम्भव पनि हुन्छ ।

क्यान्सरको उपचार पनि छ । क्यान्सरको लक्षण देख्ना साथ समयमै यसको समाधानका उपायहरू खोज्नु पर्दछ । समयमै उपचार भएमा बाँच्ने सम्भावना बढी हुन्छ ।

क्यान्सर लाग्नुका मुख्य कारण भनेको खराब जीवनशैली हो । यो रोग वंशाणुगत रुपमा पनि आउन सक्छ । आजभोलि धेरै जसो मानिसहरु क्यान्सर रोगले पीडित छन् । यसको मुख्य कारण भनेको धुलो, धूवाँ, विकिरण, रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढाइरहेको छ ।

यस कारण लाग्छ क्यान्सर

चुरोट, खैनी, सुर्ती आदिको सेवनले क्यान्सर निम्त्याउँछ । यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्त्वहरूमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्त्व हुन्छ, जसले क्यान्सर गराउँछ ।

जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ । खास गरी मुख, अन्न नली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ । हामीले खानेकुरा सबै स्वस्थ्यकर हुँदैनन् । ती अस्वास्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन् ।

बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ । यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ । वातावरणीय प्रदूषण पनि क्यान्सरको कारण बन्छ । जस्तो कि, काठमाडौँको धुलो–धू्रँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको छ । घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ । त्यस्तै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।

क्यान्सर रोगका लक्षणहरू

यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसले मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ । निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन ।

यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खास गरी पेटको क्यान्सर । लामो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । यसले रक्त क्यान्सरको संकेत गर्छ । कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।

मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तस्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तस्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ । उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहीँ यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

क्यान्सरबाट बच्ने घरेलु उपचारहरू

सुर्तीजन्य पदार्थको सेवन नगर्ने । प्रशस्त मात्रामा फलफूल तथा हरियो साज सब्जीको सेवन गर्ने । कागती, सुन्तला तथा मौसमको जुस पिउने । गाईको मुत्र, गहुँको जमरा क्यान्सर रोगको उपचारमा रामवाण मानिन्छ । कुनै पनि रोगमा आवश्यकता अनुसार मात्र औषधीको सेवन गर्ने । अनावश्यक औषधी नखाने । नुनको प्रयोग कम गर्ने, नियमित एक्सरसाइज गर्ने ।

धेरै मानिससित यौन सम्पर्क राख्नाले पनि क्यान्सर रोग लाग्ने सम्भावना उच्च हुन्छ । चिल्लो खानेकुरा खानबाट बच्ने । ग्रिन टिको सेवन क्यान्सर रोगको उपचारमा लाभदायक मानिन्छ । क्यान्सर भएमा दूध, दही लगायतका डेरी प्रडक्टको प्रयोग नगर्ने ।

क्यान्सरका रोगीहरूमा बेसारको प्रयोग लाभदायक छ । गहुँ लगायतका मिश्रित आटाको प्रयोग फाइदाजनक छ । आलु, बैगुन, अरबी खानबाट परहेज गर्ने । कलौंजीको तेल तथा अङ्गुरको रसलाई मिलाएर दिनमा तीन पटक सेवन गर्ने , लसुन खाने । सकेसम्म अर्ग्यानिक तथा प्राकृतिक वस्तुको प्रयोग गर्ने । रातो निलो, पहेलो तथा व्याजी कलरको फलफूल तथा सागसब्जी जस्तै, जामुन, टमाटर, मेवा, कालो अङ्गुर, अम्बा, तरबुजा खानाले क्यान्सरको जोखिम कम हुन्छ ।

बबुलको डाठँ वा पत्ता मुख तथा आमाशयको क्यान्सरमा विशेषरुपले लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार यसको पत्तामा कयौ प्रकारका क्यान्सररोधी तत्त्व पाइन्छ । तर पिरो हुनाका कारण यसले शरीरको मटाबोलिज्मलाई प्रभावित पार्न सक्छ । त्यसैले, काँडा बनाउँदा यसको पत्ताको सट्टा यसको डाँठको मात्र प्रयोग गरिन्छ । पत्तामा रहेका विभिन्न तत्त्वको फाइदा लिनका लागि विशेषज्ञ यसको पत्तालाई पानीमा उमालेर कुल्ला गर्न सल्लाह दिन्छन् । जसले गर्दा मुखमा रहेको कीटाणु नष्ट हुने गर्छ ।

समयमा उपचार नभए बिस्तारै पूरा शरीरमा क्यान्सर फैलन्छ र बिरामीको मृत्यु हुन्छ । सुरुकै अवस्थामा उपचार भए यो पूर्णरूपमा निको हुने चिकित्सकको भनाइ छ । क्यान्सरको उपचार किमो थेरापी, रेडिएसन र शल्यक्रियाको माध्यमबाट हुने चिकित्सक बत्ताउँछन् । चिकित्सकका अनुसार जति चाँडो उपचार गराउन सकियो त्यत्तनै छिटो क्यान्सरलाई निको बताउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =