विश्वकप सेमिफाइनलको पहिलो खेलमा भारतको सामना गर्दै न्यूजील्याण्ड

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।  सेमिफाइनलको पहिलो खेलमा आज आयोजक भारतले न्यूजील्याण्डको सामना गर्दै छ ।

मुम्बईस्थित वान्खेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराह्न २: १५ बजेदेखि सुरु हुने छ । जारी विश्वकपमा भारत लिग चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा खेलेका ९ खेलमा जित हासिल गरेको भारत अंकतालिकामा शीर्ष स्थानमा रहेको थियो ।

त्यसैगरी न्यूजील्याण्ड भने लिग चरणमा खेलेका ९ खेलमा ५ खेलमा जित हासिल गर्दै अंक तालिकामा चौथो हुदै सेमिफाइनलमा पुगेको हो ।

आयोजक भारत यस विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेपछि अफगानिस्तान, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, इङ्ल्यान्ड, श्रीलंका र दक्षिण अफ्रिकामाथि एकतर्फी जित दर्ता गरेको थियो ।

त्यस्तै न्यूजील्याण्डले विश्वकपमा शानदार सुरुवात गर्दै सुरुका चार खेलमा जित हासिल गरेको थियो भने त्यसपछिका चार खेलमा हार बेहोरेको थियो । त्यस्तै अन्तिम खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । न्यूजील्याण्डले ईङल्याण्ड, नेदरल्याण्डस, बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको थियो भने लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =