बाबर आजम कमजोर की उनको कप्तानी ?

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका निर्देशक मिकी आर्थरले बाबर आजमलाई कप्तानको भूमिकामा विकास गर्न समय दिनु पर्ने बताएका छन् ।

पाकिस्तान सेमिफाइनलमा पुग्न नसकेपछि यस विश्वकपमा बाबरको स्थिति जाँचिएको थियो ।

कोलकातामा ९३ रनले जित निकाल्दै इंग्ल्याण्डले पाकिस्तानको अन्तिम चारको आशा समाप्त गरेको थियो ।

’म बाबरको साथमा छु । उनि युवा छन् र म उनको नजिक छु । उनलाई यात्रामा लैजानु पर्छ र बाटो देखाउनु पर्छ ।’ आर्थरले भने ।

’उनले हरेक दिन सिकिरहेको छन् । हामीलाई थाहा छ कि उनि राम्रो ब्याट्सम्यान हुन् र उनले आफ्नो कप्तानीबाट हरेक दिन नेतृत्व दिन सिक्छन् ।’

’उनी बिकसित हुदै गएका छन् र हामीले उसलाई त्यसको लागि समय दिनै पर्छ । जबसम्म तपाईंले सिक्नुहुन्छ गल्ती गर्नु कुनै अपराध होइन ।’

बाबरलाई मे २०२० मा एक दिवसीय कप्तानमा नियुक्त गरिएको थियो ।

उनको नेतृत्वमा पाकिस्तान गत नोभेम्बरमा भएको टी–२० विश्वकपको फाइनलमा पुग्यो र इङ्ल्यान्डसँग पराजित भएको थियो ।

निराशाजनक विश्वकप अभियानको बावजुद अप्रिलमा टोली निर्देशक नियुक्त भएका आर्थरले पाकिस्तानको टोलीमा परिवर्तन हुनुहुँदैन भनेका छन् ।

तर पाकिस्तानमा बाबरको कप्तानीलाई लिएर आलोचना भैरहेको छ । पाकिस्तान क्रिकेट बोर्डको अध्यक्षको रूपमा सेवा गरेका पुर्व क्रिकेटर रमिज राजाले बाबरलाई कप्तानको रूपमा निरन्तर रहने इच्छा छाड्न सुझाव दिए ।

’उनीमाथि यति धेरै दबाब छ कि उनले पद छोड्न सक्छन् ।’ राजाले बीबीसीलाई भने ।

’मलाई लाग्छ सबै उस्तै रहनेछ, र बाबर अहिले जत्तिकै महत्त्वपूर्ण रहिरहनेछन्। उनमा यति प्रतिभा छ कि सबैलाई चकित पार्न सक्छन् तर कप्तानको भूमिकाले उनले दबाब महसुस गरिरहेका छन् ।’

’यो विश्वकप हो त्यसैले तपाईंले कुनै न कुनै रूपमा लिनु पर्छ । यो टोलीको समस्या यो हो कि यसमा आधुनिक क्रिकेट खेल्ने क्षमता छ तर अलि लजालु र डरपोक जस्तै खेलिरहेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =