यू–१९ एसिया कपः नेपाल भारत र पाकिस्तानसंग भिड्ने

काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान पाएको छ ।

एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘ए’मा रहेको छ ।

यस्तै समूह ‘बी’मा आयोजक यूएई, बंगलादेश, श्रीलंका र जापान छन् ।

यू– १९ एसिया कप ८ देदेखि १८ डिसेम्बरसम्म यूएईमा हुनछ । यसअघि यो प्रतियोगिता पाकिस्तानमा हुने तालिका थियो । तर त्यहाँ भारत जान नमानेपछि यूएईमा सारिएको हो ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग खेल्नेछ । यस्तै दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने तालिका छ । नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो

गत सेप्टेम्बरमा नेपालको सिनियर टोलीले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । दुवै खेल हारे पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =