ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र नखेल्ने

काठमाडौँ । नेपालले टी-२० विश्वकप छनौटको फाइनलमा ओमानविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको हो ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरीलाई बाहिर राखेर सन्दीप जोरालाई प्लेइङ ११ मा समावेश गरिएको छ । नेपालले सेमिफाइनल युएईलाई र ओमानले बहराइनलाई पराजित गर्दै यस विश्वकप छनौटको फाइनलमा पुगेका हुन् ।

नेपाल र ओमान फाइनलमा पुगेसँगै टी- २० विश्वकपमा छनौट भएका छन् । नेपाल र ओमानबीच अहिलेसम्म ५ खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले २ खेल जितेको छ ।

नेपालको प्लेइङ–११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =