ओमान पनि टी–२० विश्वकपमा छनोट
२०८० कार्तिक १७ गते

काठमाडौं । ओमानले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाएको छ ।
काठमाडौंमा जारी विश्वकप क्वालिफायरको सेमिफाइनलमा बहराइनमाथि १० विकेटका सहज जितसँगै ओमानले अमेरिका र वेस्ट इन्डिजको टिकट काटेको हो ।
बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो । ओमानले विनाविकेट क्षति १४.१ ओभरमा नै लक्ष्य भेट्यो ।
यो जितसँगै ओमान विश्कप क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ ।
२०८० कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








