टी-२० विश्वकप छनौट

नेपाल भर्सेस यूएई : ‘हेड टु हुेड’मा को अगाडि ?

काठमाडौँ । नेपालसामू यूएईसँग बदला लिँदै ट्वान्टी-२० विश्वकप क्रिकेटमा छनोट हुने अवसर छ ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

ओमानसँग ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपाल समूहको उपविजेता भएर यूएईसँग खेल्नुपरेको हो । नेपालको लक्ष्य भने अर्को वर्ष हुने ट्वान्टी-२० विश्वकपमै हुनेछ । यूएईलाई पराजित गरी दशकपछि नेपाल पुनः ट्वान्टी-२० विश्वकप खेल्न आतुर छ ।

हेड टु हुेड
नेपाल र युएईबीच टि२० आईमा कुल ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले २०१९ मा उसकै घरेलु मैदानमा तीन टि२० आई खेलको सिरिज २-१ ले जितेको थियो । उक्त सिरिजमा नेपालले पहिलो खेल २१ रनले हारेपनि दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले विजयी भएको थियो । नेपालले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय टि२० आई सिरिज थियो ।

गतवर्ष आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अघि चार देश सम्मिलित सिरिजमा नेपाल युएईसँग २५ रनले हारेको थियो । विश्वकपमा पुग्न निर्णायक सेमिफाइनल खेलमा नेपालले युएईसँग ६८ रनको हार व्यहोरेको थियो ।

नेपालले अघिल्लो साता त्रिकोणात्मक टि२० आई सिरिजमा माथिल्लो मुलपानी मैदानमा युएईलाई ५ विकेट र ७ विकेटले हराएको थियो । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाल युएईसँग ४ विकेटले हारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =