मलेसियाविरूद्ध सन्दीपले लिए तेस्रो विकेट

काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध तेस्रो विकेट लिएको छ।

टस जितेको मलेसियाविरुद्ध नेपालका सन्दीप लामिछानले तेस्रो विकेट लिएका हुन्। सन्दीपले विरनदीप सिंहलाई ४ रन बनाउँदा एलबिडब्लूको धरापमा पारे।

त्यसअघि नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो। नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे। अर्को ‌ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो।

मलेसियाले तेस्रो विकेट गुमाउँदा १०.१ ओभरमा ३ विकेटको क्षतिमा ८५ रन जोडेको स्थिति थियो।

समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =