सरकारको सक्रियताले दसैँमा ठूला सडक दुर्घटना हुन दिएनौं : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दसैँमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गरेका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले ठूलो दुर्घटना नहुने गरी दसैँमा गाउँघर जाने यात्रुहरूलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताए ।

उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय, प्रदेश सरकारको महत्वपूर्ण भूमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताए । उनले विगतमा भन्दा पछिल्लो समय यात्रुहरू समेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको पनि बताए ।

मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरूले पनि सहज बनाएको उल्लेख गरे । उनले वर्षको दसैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरूलाई सहज रूपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताए ।

उनले सरकारको ध्यान चाडपर्वमा यात्रुहरूले सास्ती र क्षति भोग्न नपरोस् भन्नेमा केन्द्रित रहेको भन्दै ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन नदिएको बताए । उनले सडक पूर्वाधारका धेरै गुनासाहरू रहेको भन्दै नारायणघाट, पोखरा मुङलिन सडक खण्डका गुनासो कम भएको बताए ।

उनले सरकारले उक्त सडक खण्डहरूमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरूबाट यातायात सहज रूपमा सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

उनले भने ‘यो वर्षको दसैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र स्थानीय सरकारको सहयोगमा सहज भयो । तत्काल हरेक क्षेत्रको सूचना आउने भएकाले सबैसँग तत्काल समन्वय गरी समस्या समाधान गर्न सहज भएको छ । यातायात व्यवस्था सहज बनाउन मिडियाहरूले पनि सहज बनायो । पहिले भन्दा अहिले यात्रुहरू पनि सचेत भएकाले सिधै मन्त्रीलाई नै फोन समेत गर्नु भयो । यो वर्षको दसैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरूलाई सहज रूपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनायौँ । सरकारको ध्यान चाडपर्वमा यात्रुहरूले सास्ती र क्षती भोग्न नपरोस् भन्ने थियो केही समस्या भयो होला तर ठूलो समस्या भोग्नु पर्ने अवस्था सरकारले आउन दिएन । यो वर्ष सडकहरू अवरुद्ध हुने अवस्था बनेन । ठूलो दुर्घटनाहरू पनि भएन । सरकारलाई सन्तुष्टि के छ भने चाडपर्वको समयमा ठूला दुर्घटना सुन्नु पर्ने हुन्थ्यो यो वर्ष त्यस्तो सुन्न नपर्ने गरी यातायात व्यवस्था मिलाउने काम गरेका छौँ । सडक पूर्वाधारका धेरै गुनासाहरू छन् । जसमा नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनासो कम भएका छन् । सरकारले उक्त सडक खण्डहरूमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरूबाट यातायात सहज रूपमा सञ्चालन गर्ने तयारीमा छौँ । चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नु पर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेको छ । बाँकी दाताहरूको भएकाले केही समयमा नै निर्माण कार्य सुचारु हुने अपेक्षा छ ।’

उनले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पुरा गरेको बताए ।

उनले उक्त सडक निर्माण एक वर्ष लाग्ने समाचारहरू आएपनि यति लामो समय नलाग्ने बताए । उनले उक्त क्षेत्रका संसदहरुसँग बसेर छुटै छलफल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =