सिंगापुरविरुद्ध कुशलको अर्धशतक

नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । कुशलले टि२० आई करिअरको सातौं अर्धशतक २६ बलमा पूरा गरेका हुन् ।

कुशल २६ बलमा ६ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा छन् । आसिफ शेख १६ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट छन् । जितको लागि १ सय ४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाई ७२ रन बनाएको छ ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।

सिंगापुरका युवा ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका थिए ।

नेपालका गुलशन झा, सन्दीप लामिछाने र करण केसीले २(२ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिएका थिए ।

दीपेन्द्रसिंह ऐरी खेल सुरु हुनुअघि अभ्यास खेलको क्रममा घाइते भएका छन् । उनको ख्ट्टामा चोट लागेपछि प्लेइङ ११ मा उनको स्थानमा विवेक यादव खेलेका छन् । विवेक सुरुवातमा प्लेइङ(११ मा थिएनन् । नेपालले ललित नारायण राजवंशीको स्थानमा सन्दीप लामिछानेलाई खेलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =