नेपालले सिंगापुरविरुद्ध टस हार्‍यो, कस्तो छ प्लेइङ ११ ?

काठमाडौँ । टी-२० विश्वकपको एसिया छनौट अन्तर्गतको खेलमा आज नेपालले सिंगापुरसँग खेल्दैछ । यस खेलमा सिंगापुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । यो खेल बिहान ९ बजेदेखि सुरु हुँदैछ ।

नेपालले त्रिकोणात्मक सिरिजको फाइनल खेलमा खेलेको टिममा एक परिवर्तन गरेको छ । नेपालले ललित राजवंशीको ठाउँमा सन्दीप लामिछानेलाई टिममा समावेश गरेको छ ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =