भारतले ईङल्याण्डलाई १०० रनले हरायो

काठमाडौँ । भारतले जारी क्रिकेट विश्वकपमा लगातार छैटौँ जित हासिल गरेको छ । क्रिकेट विश्वकपमा भारतले ईङल्याण्डलाई १०० रनले पराजित गर्दै लगातार छैटौँ जित हासिल गरेको हो ।

भारतले दिएको २३० रनको लक्ष्य पछाएको ईङल्याण्ड ३४.५ ओभरमा अलआउट हुँदै १२९ रन बनाएपछि भारतले खेल १०० रनले जितेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । यो जितपछि भारत अपराजित रहँदै ६ खेलमा १२ अंक हासिल गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

त्यसैगरी ईङल्याण्डले पाँचौँ हार बेहोरेको छ । ६ खेलमा केवल एक खेल जितेको ईङल्याण्ड सेमिफाइनलको दौड लगभग समाप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =