फाइनलमा नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

काठमाडौँ । नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ५० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामिले १३, सन्दीप जोरालेले १० रन बनाएका थिए । आसिफ सेखले ७, कुशल मल्लले १, गुलशन झाले ५, करण केसीले अविजित २३ रन बनाएका थिए ।

युएईका बलरआयान अफजल खानले ३ विकेट लिए भने अलि नासीर र जाहूर खानले २-२ विकेट लिए । त्यसैगरी जुनैद सिद्धिकीले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =