यू-१९ प्रिमियर कप
नेपालले युएईलाई दियो २८१ रनको लक्ष्य
२०८० कार्तिक ७ गते

काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई २८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको हो ।
नेपालका लागि कप्तान देव खनाल १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी अर्जुन कुमालले ५५ रन बनाए भने उत्तम थापाले ५७, दिपक डुम्रेले २८ रन बनाएका थिए ।
त्यसैगरी युएईका बलर हरित शेट्टीले ५ विकेट लिए भने आयान अफजल खानले २ विकेट लिएका थिए ।
२०८० कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित








