यू-१९ प्रिमियर कप

युएईलाई पुनः हराउँदै उपाधि जित्न चाहन्छ नेपाल

काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दैछन् । नेपालले सेमिफाइनलमा जापानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएईले सिंगापुरलाई पराजित गरेर फाइनलमा पुगेको हो ।

फाइनलमा पुगेसँगै नेपाल र युएई एसिया कपका लागि छनौट भइसकेका छन् । त्यसैगरी तेस्रो स्थानको खेलमा जापानले सिंगापुरलाई पराजित गरेसँगै तेस्रो हुँदै एसिया कपका लागि छनौट भएको छ ।

एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने प्रिमियर कपबाट नेपाल, युएई र जापान एसिया कपमा छनौट भएका छन् ।

आज हुने फाइनलबाट प्रिमियर कपको विजेता र उपविजेताको टुंगो लाग्ने छ । यू-१९ एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =