हङ्कङलाई ६ विकेट हराउँदै यूएई विजयी

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आइतबार खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङ्कङलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा यूएईको यो पहिलो जित हो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेका हङ्कङले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८ ओभरमा चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =