टि-२० क्रिकेट : मौसमको डेब्यू
२०८० कार्तिक १ गते

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा श्याम (मौसम) ढकालले डेब्यू गरेका छन् ।
युएई विरुद्ध मुलपानी क्रिकेट मैदानमा सुरु भएको खेलमा उनले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका हुन् ।
सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि मौसमले अवसर पाएका हुन् ।
उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।
पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका उनले त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका पाएका थिए ।
२०८० कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








