सन्दीपबिनै अन्तर्राष्ट्रिय शृङ्खला जित्ने नेपालको लक्ष्य

काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा युएईको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा अपराह्न १ बजेदेखि सुरु हुँदैछ ।

टी-२० विश्वकप छनौट अघि  हुन लागेको यस त्रिकोणात्मक सिरिजलाई सो को तयारी खेलको रूपमा पनि हेरिएको छ । यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा छ । त्रिकोणात्मक टी-२० सिरिजबाट सन्दीप लामिछानेले भने यसअघि नै नाम फिर्ता लिएकाले उनी भने यस सिरिजमा खेल्ने छैनन् ।

टिममा यसअघि एशियन गेम्स गुमाएका ललित राजवंशीले पुनरागमन गरेका छन् भने लोकेस बम, सूर्य तामाङले स्थान पाएका छन् ।

सिरिजको खेल तालिका 
यो सिरिज कार्तिक १ गते अर्थात् अक्टोबर १८ देखि सुरु हुने छ । कार्तिक १ गते नेपाल र युएईबीच खेल हुने छ भने कार्तिक २ गते नेपाल र हङकङबीच खेल हुने छ । त्यस्तै कार्तिक ४ गते नेपाल र हङकङबीच खेल हुने छ भने कार्तिक ५ गते युएई र हङकङबीच खेल हुने छ । त्यसैगरी कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुने छ । अंक तालिकामा शीर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुने छ ।

यस सिरिजका फाइनल बाहेक सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजवंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सूर्य तामाङ र श्याम ढकाल ।

शृङ्खला जित्ने नेपालको लक्ष्य
नेपालका कप्तान रोहित पौडेलले रोहित पौडेलले विश्वकप टी २० छनोटको तयारी रूपमा युएई र हङकङजस्ता स्तरीय टिमसँग खेल्दा नेपाललाई फाइदा हुने बताए । ‘हामी लगातार क्रिकेट खेलिरहेका छौँ । अझ भारतको नागपुरका पनि हाम्रो अभ्यास राम्रो भएको छ,’ उनले भने, ‘नागपुरमा राजस्थान रोयल्सको राम्रा टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पायौँ । यसले टिमलाई धेरै राम्रो गरेको छ ।’

कप्तान रोहितले नेपालका स्टार स्पिनर सन्दीप लामिछाने टिममा नहुँदा भने केही प्रभाव पर्ने बताए । तर पनि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला जित्ने लक्ष्य रहेको उनको भनाई छ । सन्दीपले प्रतियोगितामा खेल्न आफू मानसिक रूपमा तयार नभएको र परिवारसँग समय बिताउन चाहेको भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

युएईका कप्तान मोहम्मद वासिमले यस पटक आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गरेर शृङ्खला जित्ने बताए । उनले भने, ‘नेपालमा खेल्नु अवसर हो । नेपालसँग घरेलु मैदानको फाइदा छ । नेपालले लगातार राम्रो क्रिकेट खेलिरहेको छ, तर हाम्रो तयारी पनि राम्रो छ । यसपटक हामी राम्रो खेलेर शृङ्खला जित्ने प्रयास गर्नेछौँ ।’

यसबिच नेपालका कप्तान रोहित र युएई का कप्तान वासिमले मङ्गलबार त्रिदेशीय शृङ्खलाको विजेतालाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गर्नुभएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =