न्यायाधीश समाजको अध्यक्षमा मल्ल

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छन्।

आज सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध समिति भनिन्छ ।

उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ, महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल, कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती रहेका छन्।

सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का रहेका छन्।

समाजको कार्यसमिति सदस्यको पदावधि दुई वर्षको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =