विश्वकप क्रिकेटमा श्रीलंकाको लगातार तेस्रो हार, अष्ट्रेलियाको पहिलो जित

एकदिवशीय विश्वकप क्रिकेटमा श्रीलंकाले लगातार तेस्रो हार व्यहोर्दा अष्ट्रेलियाले पहिलो जित दर्ता गरेको छ। सोमबार श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित दर्ता गरेको हो।

श्रीलंकाले दिएको २१० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३६.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।

यसअघि दुवै टोली अंकबिहिन थिए। आजको जितसँगै अष्ट्रेलियाको २ अंक भएको छ भने श्रीलंका अझै पनि अंकबिहिन छ।

अष्ट्रेलियाको जितमा ओपनर मिचेल मार्स र जोस इङ्लिसले अर्धसतकीय पारी खेले। मिचेलले ५१ बलमा ५२ रन जोडे। जोसले ५९ बलमा ५८ रन बनाए।

मार्कस स्टोनिस २० र ग्लिन म्याक्सवेल ३१ रनमा नटआउट रहे। श्रीलंकाका दिलसन मदुसंकाले ३ तथा दुनिथ वलालेगले एक विकेट लिए।

त्यसअघि लखनऊमा ४३.३ ओभरमा २ सय ९ रनमा श्रीलंका अलआउट भएको थियो।

श्रीलंकालाई ओपनरले सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। तर पछि ८४ रन बनाउँदा १० विकेट गुमाउन पुग्यो।

श्रीलंकाका ओपनर कुशल परेराले ८२ बलमा १२ चौकासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै पाथुम निसांका ६७ बलमा ८ चौकासहित ६१ रनमा आउट भए ।

श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल परेराले २१.४ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर स्पिनर एडम जाम्पा र प्याट कमिन्सले उत्कृष्ट पुर्नरागमन गराए।

अष्ट्रेलिया एडम जाम्पाले ८ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए । प्याट कमिन्सले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए।

ग्लेन म्याक्सवेलले १ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =