यू१९ प्रिमियर कप

देवको कीर्तिमानी शतकमा नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य

काठमाडौँ । नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । एसीसी यू- १९ प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा अल आउट हुँदै ३५३ रन बनाएको हो । नेपालका लागि कप्तान देव खनालले शतकीय पारी खेलेका थिए । देवले ६० बलमा आफ्नो शतक पुरा गरेका थिए । देव नेपालबाट यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए ।

दीपक बोहोराले ६५ रन बनाएका थिए भने दीपक डुम्रेले ६९, दिपेस कँडेलले २९, हेमन्त धामीले २३, सुवास भण्डारीले अविजित १८ र आकाश चन्दले अविजित १९ रन बनाएका थिए । इरानका बलर सलमान नियाजमण्ड र डाड्रहमान राएइसीले ३-३ विकेट लिएका थिए । त्यस्तै समान सेइखी र जेइद राएइसीले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =