विश्वकप क्रिकेट : भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौँ । आइसिसी विश्वकपमा आइतबार भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। उपाधिका प्रमुख दाबेदार भारत र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा चेन्नईमा सुरु हुनेछ।

घरेलु मैदानमा भारत विश्वकपको सुखद सुरुवात गर्न चाहन्छ। यस्तै अष्ट्रेलिया पनि भारतलाई पराजित गर्दै महत्वपुर्ण अंक जोड्ने लक्ष्यमा रहनेछ। अष्ट्रेलिया विश्वकपको सर्वाधिक सफल टोली पनि हो।

अष्ट्रेलियाको टोलिलाई सन्तुलित र उपाधिको प्रमुख दाबेदार मानिएको छ। ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन र मिचेल मार्श जस्ता ठूला नाम अष्टे«लियाको टोलिमा छन्।

जसले ठूलो इनिङ खेल्दै टोलीलाई जिताउन सक्छन्। चेन्नई स्पिनर सहयोगी पिच मानिन्छ । त्यसैले भारत स्पिन आक्रामणलाई हतियार बनाउन खोज्नेछ ।

भारतका ओपनर शुभमन गिल डेंगी संक्रमणको कारण आजको खेलमा उपलब्ध छैनन्। उनको स्थानमा ईशान किशनले ओपनिङ गर्ने सम्भावना छ।

रोहित शर्मा र ईशान किशन ओपनर हुँदा विराट कोहली त्यसपछि आउने छन्।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

दुई साता अघि भारतले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =